२५ असार २०८२, बिहिबार | Thu Jul 10 2025

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त



काठमाडौं । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बुधबार पदमुक्त गरेका हुन् ।

सरकारी स्रोतका अनुसार तामाङलाई गृहमन्त्री रमेश लेखकले टेलिफोनमार्फत बर्खास्त गरिएको जानकारी दिएका थिए । तामाङको बर्खास्तीबारे भने प्रधानमन्त्री कार्यालयले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

तामाङ पछिल्लो समय सरकारभित्र विवादित निर्णयहरू र मन्त्रीमण्डलभित्रको समन्वय अभावका कारण चर्चामा आएका थिए । उनलाई पदमुक्त गर्नुको कारणबारे स्पष्ट नखुलाइए पनि राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजीहरू भइरहेका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले पछिल्लो समय मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरिरहेको पृष्ठभूमिमा तामाङको बर्खास्तीलाई महत्वपूर्ण राजनीतिक सन्देशको रूपमा हेरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १२ : १२ बजे