४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

खाडी सहयोग परिषद् (जीसीसी) र चीनबीचको पहिलो त्रिपक्षीय शिखर सम्मेलन सुरू


१३ जेष्ठ २०८२, मंगलबार  

0
Shares

काठमाडौं । (चाइना ग्लोबलटाइमबाट) सम्मेलन सुरू हुनु अघि, मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले आसियानले चीनलाई मूल्यवान मित्रको रूपमा हेर्ने बताएका छन्। उनले जटिल भू(राजनीतिक वास्तविकताहरूका बाबजुद यो क्षेत्र रचनात्मक संलग्नताप्रति प्रतिबद्ध रहेको पनि उल्लेख गरे, मलेमेलले मंगलबार प्रकाशित एक समाचारमा जनाएको छ।

अनवरले सोमबार राति आसियान नेताहरको सम्मानमा आयोजित गाला डिनरमा स्वागत सम्बोधनका क्रममा यी कुराहरू व्यक्त गरेका थिए, उक्त समाचार अनुसार।

यो पहिलो त्रिपक्षीय शिखर सम्मेलनले रणनीतिक सहकार्यको नयाँ अध्यायू को शुरूआत गर्ने मलेशियाका प्रधानमन्त्रीले बताए। उनले आसियानले चीनलाई मूल्यवान मित्रको रूपमा हेर्ने र जटिल भू-राजनीतिक वास्तविकताहरूका बाबजुद रचनात्मक संलग्नताप्रति प्रतिबद्ध रहेको दोहोर्‍याए, समाचारमा उल्लेख छ।

उनले जीसीसीको उल्लेखनीय परिवर्तनको प्रशंसा गर्दै यसलाई ूविश्वको सबैभन्दा शान्तिपूर्ण र तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रू को रूपमा वर्णन गरे, जुन नयाँ प्रविधि र कृत्रिम बुद्धिमत्ताद्वारा संचालित छ।

यो सम्मेलन भनेको दिमागहरूको भेटघाट हो, जसमा आफ्नो देशको विकास गर्न चाहने, स्वतन्त्रता, अधिकार र प्रजातन्त्रमा विश्वास गर्ने, तथा व्यापार वृद्धि र लगानी बढाउन चाहने व्यक्तिहरू सहभागी छन्, उनले मलेमेलको समाचार अनुसार भने।

अनवरले मलेशिया, सन् २०२५ को आसियान अध्यक्षको रूपमा, क्षेत्रीय सहकार्यलाई सुदृढ गर्न चीनको दृढ प्रतिबद्धताको उच्च कदर गरेको बताए, द एज मलेशियाले जनाएको छ।

आसियान शिखर सम्मेलन २०२५ को साइडलाइनमा, मैले चीनका प्रिमियर ली छियाङसँग भेटें, जहाँ हामीले विशेष गरी क्वालालम्पुरमा आयोजित आसियान(जीसीसी(चीन शिखर सम्मेलनमार्फत रणनीतिक सहकार्यलाई सुदृढ गर्ने प्रयासहरूबारे छलफल गर्‍यौं। हामीले अर्थतन्त्र, हलाल उद्योग, व्यापार, यातायात ९विशेष गरी पूर्वी तट रेल लिंक, हरित ऊर्जा, र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिहरू जस्ता प्रमुख क्षेत्रहरूमा केन्द्रित भयौं, अनवरले एक्समा पोस्ट गरेका छन्।

प्रधानमन्त्रीले मलेशियाको आधुनिकीकरण प्रयासहरूमा चीनको समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै ग्लोबल साउथको एकताको महत्वलाई पनि उजागर गरे, द एज मलेशियाको समाचार अनुसार।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ११ : ४२ बजे