काठमाडौं । बिबिसि नेपालीबाट सार ,अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि आक्रमणको योजना अनुमोदन गरेको विश्वास गरिएको छ।
तर उक्त योजना कार्यान्वयनबारे उनले अझै निर्णय लिएका छैनन्।

वाशिङ्टनमा मङ्गलबार राति उनले इरान हमलासम्बन्धी योजना अनुमोदन गरेको तर उक्त देशमाथि प्रहार गर्ने अन्तिम निर्णय भने उनले अझै नलिएको बीबीसीको अमेरिकी साझेदार सञ्चार संस्था सीबीएसले जनाएको छ। इरानले आफ्ना परमाणु कार्यक्रम त्याग्छ कि भनेर उनले पर्खिरहेको वरिष्ठ खुफिया सूत्रहरूले सीबीएसलाई बताएका छन्। इरानमाथि इजरेली हमलामा अमेरिकी संलग्नताबारे पत्रकारहरूले सोधेको प्रश्नमा ट्रम्पले अन्योलपूर्ण जबाफ दिए।








