३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

अमेरिकामा नयाँ राजनीतिक दल ुगठन गर्दैु इलोन मस्क


२२ असार २०८२, आइतबार  

0
Shares

काठमाडौं । बिबिसि नेपालीबाट सार ,अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको नाटकीय मतभेद भएको हप्तौँपछि इलोन मस्कले आफ्नै राजनीतिक पार्टी बनाउने घोषणा गरेका छन्।

आफ्नो सामाजिक सञ्जाल ुएक्सुमार्फत ुअमेरिका पार्टीु गठन गरेको जनाउँदै यी अर्बपतिले नयाँ पार्टीले रिपब्लिकन र डेमोक्र्याटिक पार्टीको द्विदलीय व्यवस्थालाई चुनौती दिने बताएका छन्। अमेरिकाबाहिर जन्मेका कारण राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्न अयोग्य हुने मस्कले नयाँ पार्टीको नेतृत्व कसले गर्छ भन्ने पनि खुलाएका छैनन्।

ट्रम्पसँग विवाद उत्पन्न भएका बेला उनले पहिलो पटक नयाँ पार्टी खोल्ने कुरा गरेका थिए।

Sagarmatha

तथापि उक्त पार्टी चुनाव आयोगमा औपचारिक रूपमा दर्ता भएरनभएको स्पष्ट भइसकेको छैन।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ९ : ३६ बजे