२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मलाई जिल्ला सभापतिमा रोक्नका लागि महाधिवेशन प्रतिनिधीमा हराइयोः नेता कार्की


सगरमाथा अनलाईन

२१ आश्विन २०८३, बुधबार  

2.3k
Shares

वि.सं. २०४४ सालदेखि पूर्णकालिन राजनीतिमा होमिएका भोजराज कार्कीले नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका थिए । नेपाली कांग्रेसको सोलुखुम्बु काठमाडौं सभापति हुँदै सोलुखुम्बु जिल्ला कार्यसमिति सदस्य, जिल्ला कार्यसमिति सचिव, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य लगायत धेरै पदिय जिम्मेवारीमा रहेर काम गरेको लामो अनुभव छ । नेता कार्कीसँग सगरमाथा अनलाईनले गरेको कुराकानीको मुख्य अंश ।

सोलुखुम्बु जिल्लाको १५ औं अधिवेशनलाई कसरी हेर्नु भएको छ ?

सोलुखुम्बुको १० औं अधिवेशनदेखि भर्खरै सकिएको १५ औं अधिवेशनसम्म सहभागी हुँदा यसपालिको अधिवेशन सबैभन्दा धाधलीपूर्ण भयो । यस्तो अधिवेशन मैले अहिलेसम्म देखेको छैन । यस्तो घटनाप्रति मलाई दुःख लागेको छ ।

कसरी भयो धाँधली ? यसलाई कसरी पुष्ट्याई गर्नुहुन्छ ?

म १० औं अधिवेशनदेखि अहिलेसम्म विभिन्न पद र जीम्मेवारी लिएको छु । सोलु कांग्रेस अधिवेशनमा क्षेत्रिय प्रतिनिधि साथीहरुले स्वविकेक प्रयोग गर्न पाउनु भएन । जुन अधिवेशनमा विवेक प्रयोग भयो, त्यो निर्वाचनमा मैले जितेको छु । तर, यो अधिवेशनमा क्षेत्रीय प्रतिनिधी साथीहरुले विवेकनै प्रयोग गर्न पाउनु भएन ? क्षेत्रीय प्रतिनिधी साथीहरुलाई बन्धक बनाइएको छ । एक जना क्षेत्रिय प्रतिनिधीले १० भन्दा बढि भोट हालेका छन् ? त्योभन्दा ठूलो र विश्वासीलो प्रमाण अरु हुन सक्छ र ?

Sagarmatha

अघिल्लो जिल्ला अधिवेशनमा जस्तोसुकै घेराबन्दीबाट समेत जित्ने नेता यसपटक कसरी हार्नु भयो ?

मैले सबै नेता र सुभेच्छुकहरुलाई अगाडिनै भनिसकेको थिए, म १५ औं अधिवेशनमा सभापतिको उम्मेदवार हो है भनेको थिए । हाम्रो विधानतः सभापतिको उम्मेदवार बन्नको लागि पहिला महाधिवेशन प्रतिनिधि जित्नु पर्छ । त्यसैले मलाई सभापतिमा रोक्नको लागि महाधिवेशन प्रतिनिधिमै हराएपछि हाम्रो बाटो सहज हुन्छ भनेर मलाई तल नै रोकेको हो ।

कांग्रेस सोलुको राजनीतिमा तपाईको अबको भूमिका के हुन्छ ?

म अबको केहि वर्ष त पदिय रुपमा रहेर काम गर्न पाउदिन, तर, आम जनता र सुभेच्छुकहरुको आशा र भरोषालाई कहिल्यै निराश हुन दिने छैन । म पदमा रहे पनि नरहेपनि सँधै जनता र सुभेच्छुकहरुको बीचमै रहेर सेवा गरिरहने छु ।

आउने स्थानीय तहको निर्वाचनमा तपाईको उम्मेदवारमा दावि हुन्छ की हुँदैन ?

मलाई व्यक्तिगत रुपमा भन्नु हुन्छ भने मलाई चुनाव लड्न त मन छैन, तर, गाउँपालिकाका साथीहरुले र गाउँ कार्यसमितिले चुनाब लड्नुपर्छ भन्नु भयो भने त पछि हट्ने कुरै भएन । त्यक्ति मात्र होइन, अब साथीहरुले प्रदेशमा चुनाब लड्नुपर्छ भने प्रदेशमा पनि चुनाब लड्न तयारी हुनुपर्छ किनभने हाम्रो प्रदेश ‘ख’ मा वरिष्ठताको क्रममा हेर्दा आङगेलु शेर्पा, रामबहादुर बस्नेतले चुनाब लड्नु भएन भने त्यसपछिको त उम्मेदवार म नै हो । त्यसैले म स्थानीय तह होस या प्रदेशमा चुनाब लड्न तयार छु ।

कांग्रेसको जिल्ला अधिवेशन त अझै बाँकी छ ? अब तपाईको भूमिका के हुन्छ ?

हो, हाम्रो जिल्ला अधिवेशन हुन बाँकी नै छ । अब छठपछि त जिल्ला अधिवेशन पनि हुन्छ नै । म सम्पूर्ण सोलुखुम्बु जिल्लाका क्षेत्रिय प्रतिनिधिहरुलाई विवेक प्रयोग गरेर मतदान गर्न हार्दिक अनुरोध र अपिल गर्दछु । म गाउँ गाउँमा गएर साथीहरुसँग छलफल गरेर, कांग्रेस बचाउने उम्मेदवार, विवेक पुर्याउने उम्मेदवार, अन्तरघात नगर्ने उम्मेदवार र योग्य उम्मेदवारको पक्षमा खुलेरै लाग्छु ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १० : ४५ बजे