१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

बायुङ (बाहिङ) राईहरुको पितृ कार्जे



किराति जीवन पद्यति मौलिक छ । समयलाई हेर्ने दृष्टिकोण आफ्नै छ । किराति जीवन शैलीमा समयलाई दुई भागमा बाँडेर हेरिन्छ । जडोयामको समयलाई उधौली र गर्मीयामको समयलाई उभौली भनिन्छ । त्यहिअनुसार जीवनकोलय चल्दछ ।

उधौली, उभौली किरात समुदायमा भव्य रुपमा मनाईन्छ। विशेषगरी साकेला नाचेर मनाईन्छ । उधौलीको समय किरात बायुङ (बाहिङ) राई समुदायमा भने सारी–लेचो (पितृ–पुज्ने कार्य) को लहर आउदछ । सारी–ते आफ्नो पुर्खाहरुको संस्मरण र सम्मान गरिने धार्मिक अनुष्ठान हो ।  kishor-bahingहरेक बोकोली–नेवाली (किराति मुन्धुमअनुसार तीनचुलो स्थापित घर) मा सारी पुज्ने गरिन्छ ।

वर्ष दिनमा एकचोटी जसरि भएपनि सारी–ते (पितृ–कार्जे ) गर्नुपर्ने मुन्धुमी मान्यता रहेको छ । साथै सारी–ते गरिने बोकोली–नेवालीमा खिमझार्ना (मुन्धुम अनुसार घरपैचो गरिएको)  हुनुपर्दछ । नभए सारी लेनाको कुनै अर्थ नहुने विश्वास पाईन्छ । यो बायुङ मुन्धुमको पहिलो शर्त हो ।

त्यसपछि हरेक घरघरमा “नक्स” (मुन्धुमीपुजारी) ले व्यार्आ (बायुङ राईहरुले गर्ने एक पुजा) गर्नुपर्दछ र बाटो खुल्दछ ।

बायुङ राईहरुले पुर्खाको खातिर गर्ने पैत्रककार्जेहरु विविध छन्ः
१. सेग्रो (हङ)
बेलीचालीको भाषामा जेठो पित्रभनिने यो कार्जे बायुङ राईहरुको सबैभन्दाभव्य र ठूलो कार्जे हो । सेग्रो हङखिम (सेग्रो पुजिने घर) मा लगातार चारदिन पुजिन्छ । नक्सले चारैदिननिरन्तर धाराप्रवाहका साथ फ्रे–लो (मुन्धुमीभाषा) मामुन्धुमी संस्कार गरिन्छ । जसमा किरात सभ्यताको सारा गाथाहरु आउदछन् । सारा सभ्यताको झलकहरु मसिमी (सांस्कृतिकनाचनाच्ने नृत्यकार) हरुले शिलीको माध्यमबाट अभिनय गरेर प्रस्तुतगर्दछन् ।

यसमानक्स, ङाबुचा, गिजोचा, मसिचा, नालुङ्चा, चिचा,बुरोचाल गायतमा जिम्मेवार व्याक्तिहरुको महत्वपूर्ण भूमिका रहन्छ ।

२. तामः
यो दोस्रो ठूलो सारी–ते हो। माहिलो पित्रपनि भनिन्छ । यसको मुन्धुमी संस्कार एकदिनमा सकिन्छ । नक्स, ङाबुचाको विशेष भूमिका रहन्छ ।
३. तिःतामः
यो बायुङ राईहरुको तेस्रो ठुलो सारी–ते हो । यसलाई साहिलो पित्र भनिन्छ । यसको सांस्कृतिकविधिनक्सले ङाबुचाको सहयोमा एक दिनमा सम्पन्न गर्दछन् ।
४. मालिमीनाग्लेः
यो यो बायुङ राईहरुको चौथो ठुलो सारी–ते हो ।
५. नाग्लेः
बायुङ राईहरुको कान्छो पित्रमानिने यो महत्वपूर्ण सारीकामहो । नक्सले ङाबुचाको साथमा”फ्रे–लो” बाट पुजेर अनुष्ठान गरिन्छ । अरु सारीकाम नगरेपनि यो नाग्ले चाहि वर्षादिनमा अनिवार्य रुपमा गर्नुपर्ने मान्यता रहेको छ भने छोटो समयमा नै सम्पन्न हुन्छ ।

सारीकाम गर्दा नक्स, ङाबुचा, गिजोचा, मसिचा, नालुङ्चा, चिचा, बुरोचा लगायतमा जिम्मेवार तथा सम्बन्धित सम्पूर्ण व्याक्तिहरुले मुन्धुमको निर्धारित मुल्यमान्यताको पालना गनु पर्ने हुन्छ । सभ्यताको प्रतीक विभिन्न मौलिक, सांस्कृतिक भेषभूषा लगाउनु पर्दछ । सुसज्जित हुनुपर्दछ । महिलाहरुले मिन्चाझःरझःसी (मौलिक पहिरनका सांस्कृतिक भेषभूषा ) र पुरुषहरुले वाईसा झःरझःसीले सजिनु पर्दछ।
त्यस्तैगरी साँस्कृतिक तथा मुन्धुमीम हत्वका सरजामहरुमाः पुपुम (चिण्डो), पिरुम (अदुवा), लोक्सी (तितेपाति), जुम, सेरी, ह्याङ्माला, चार्जा, गःल, सारी चिः, सारी पो, ब्वा, लगायतका विविध कुराहरुको प्रयोग गरिन्छ ।

बायुङ राईहरुको सारीकामको प्रसादलाई मोःकाभनेर भनिन्छ । जो कोहीले लिन (खान) को लागिवर्जित हुन्छ । मोःकालिई सकेपछि निर्धारित सीमाभित्र रहनुपर्ने हुन्छः जस्तो किःतत्काल परदेश नजानु, फलफुलजन्य कुराहरुको सेवननगर्नु, निश्चित अवधिसम्म खानपानमा विशेष ध्यान दिनु आदि । अन्याथा अशुभहुने जन धारणा छ ।

लिङ्खाम (किरातिमर्चा) को महत्व पनि सारीकाममा अपरिहार्य हुन्छ । यो जडीबुटीजन्य निश्चित वनस्पतिहरुको संयोजनबाट तयार गरिने यसको साँस्कृतिक महत्व रहेको पाईन्छ । यसको प्रयोगविना सारीकामहरु सफल हुनन सक्ने मुन्धुमको मान्यता पाईन्छ ।

बायुङ राईहरु मौलिकरुपले सारीहरुको नमन गर्दछन् । सम्मान गर्दछन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७३, शनिबार  २ : ५७ बजे