५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

स्वीडेनद्वारा इजरायली वस्ती निर्माण विस्तार विधेयकप्रति गहिरो चासो व्यक्त



कोपेनहेगन (डेनमार्क), ३ मङ्सिर । स्वीडेनको विदेश मन्त्रालयले आफ्नो मुलुक विवादास्पद वेस्ट वैंकमा इजरायली वस्ती विस्तार गर्ने बिषयमा इजरायली सरकारद्वारा अनुमति दिनेगरी ल्याउन लागेको विधेयक अन्तराष्ट्रिय कानून विपरित आएको भन्दै यसप्रति ‘गहिरो चासो’ व्यक्त गरेको छ ।

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विवादित वेस्ट वैंकमा विस्तार हुने वस्ती इजरायली तथा अन्तर्राष्ट्रिय कानून” को विरुद्धमा हुने भन्दै यस्ता निर्णयले विवादको समाधानका लागि दुई मुलुकबीच हुनसक्ने सम्भावनालाई व्यापक नजरअन्दाज गरेको छ ।”

इजरायलको संसदले यसै हप्ता वस्ती विस्तार सम्वन्धि विवादास्पद विषयलाई विधेयकका रूपमा प्रस्तुत गर्न प्रारम्भिक अनुमति दिने निर्णय गरेको थियो । विधेयकले प्यालेष्टिनीहरूका वेस्ट वैंकमा रहेका नीजि भूमिमा सयौं भवन निर्माण गरी वस्ती वसाल्ने कुरालाई कानूनी आधार खडा गरिदिने छ ।

स्वीडेनले इजरायललाई संसदमा ल्याइन लागेको भनिएको विधयकले वेस्ट वैंक क्षेत्रमा ठूलो वस्ती बसाल्न बाटो खोलिदिँदा यसले उक्त क्षेत्रलाई थप तनावग्रस्त वनाउने भन्दै यो अवधारणलाई अघि नसार्न आग्रह गरेको हो ।

Sagarmatha

इजरायल र स्वीडेनबीचको सम्वन्धमा स्वीडेनमा समाजवादी दलका नेतृत्व सत्तामा आएपछि सन् २०१४ देखि सम्वन्धमा कटुता उत्पन्न भएको छ । इजरायली विदेशमन्त्री मार्गट वालस्टोर्मले इजरायली–प्यालेस्टिनी द्वन्द्व इजरायली अधिकारीबाट आएका क्रोधपूर्ण अभिव्यक्तिका उपज भएको दावी गर्नुभएको छ । रासस/एपी

प्रकाशित मिति : ३ मंसिर २०७३, शुक्रबार  १ : ५९ बजे