कारबाहीमा ९७ तालिवान र १२ सैनिकको मृत्यु

0 Shares

काबुल, १५ भदौ । अफगानिस्तानका कैयौँ प्रान्तमा अफगान सुरक्षाबलले गरेको कारबाहीमा करिब ९७ आतङ्ककारी मारिएका छन् ।

गत २४ घण्टाभित्र भएका ती कारबाहीको क्रममा १२ अफगान सैनिकले ज्यान गुमाएका अफगानिस्तानको गृह मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तानको द्वन्द्वग्रस्त प्रान्तहरुमा मङ्गलबार विहानबाट सुरु भएको यस कारबाहीको क्रममा करिब ९७ आतङ्ककारी मारिनुको साथै अन्य २४ जना घाइते भएका अफगान गृह मन्त्रालयद्वारा बुधबार जानकारी दिइएको हो ।

अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिया जानीखेल जिल्लामा भएको सुरक्षा कारबाहीमा ५७ जना तालिवान आतङ्ककारीको मृत्यु भएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अफगानस्निाताको उत्तरी प्रान्त बाघलान भएको सुरक्षा कारबाहीमा १५ आतङ्ककारी मारिनुको साथै तीन जना घाइते भएका सो विज्ञप्तिमा थप जानकारी दिइएको छ ।

त्यसैगरी हेलमान्ड र जाबुल प्रान्तमा भएको कारबाहीमा २५ आतङ्ककारी मारिनुको साथै २१ घाइते भएका पनि जारी विज्ञप्तिमा जनाइएको छ । रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार