४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

लैङ्गिक पत्रकारिता पुरस्कार प्रेमर्षी र बस्नेतलाई


१६ मंसिर २०७३, बिहिबार  

0
Shares

काठमाडौँ, १६ मङ्सिर । नेपाल पत्रकार महासङ्घद्वारा स्थापित लैङ्गिक समानता पत्रकारिता पुरस्कार पत्रकारद्वय धीरेन्द्र प्रेमर्षी र बबिता बस्नेतलाई प्रदान गरिएको छ ।

अमेरिकामा क्रियाशील संस्था मदरल्यान्ड नेपालको सहकार्यमा महासङ्घले स्थापना गरेको उक्त पुरस्कार आज एक समारोहबीच उहाँहरुलाई प्रदान गरिएको हो । पुरस्कारको राशि जनही रु ४० हजार रहेको छ ।

पुरस्कार प्रदान गर्दै सभामुख ओन्सारी घर्तीले महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा महासङ्घले प्रदान गरेको लैङ्गिक समानता पत्रकारिता पुरस्कार अर्थपूर्ण रहको बताउनुभयो । उहाँले भन्नुभयो– लैङ्गिक समानताका क्षेत्रमा पत्रकारको भूमिका महत्वपूर्ण हुने हुँदा सञ्चारमाध्यमले यसमा विशेष ध्यान दिनुपर्दछ ।

कार्यक्रममा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले लैङ्गिक समानताका लागि महिलालाई पत्रकारिता पेसामा प्रोत्साहन गर्नुका साथै पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि समेत महासङ्घ क्रियाशील रहेको छ भन्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की तथा मदरल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले यो पुरस्कारले लैङ्गिक समानताका विषयमा लाग्न पत्रकारलाई प्रोत्साहित गर्ने धारण व्यक्त गर्नुभयो ।

पुरस्कृत पत्रकारद्वय प्रेमर्षी र बबिता बस्नेतले पुरस्कारले आफूहरुलाई यो क्षेत्रमा लाग्न अझै उत्प्रेरित बनाएको धारण व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १६ मंसिर २०७३, बिहिबार  ११ : २६ बजे