२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

विद्रोही नियन्त्रित क्षेत्रमा हवाई आक्रमण २२ जनाको मृत्यु


१३ चैत्र २०७३, आइतबार  

0
Shares

 

दमासकस, १३ चैत । सिरियाको दमासकसदेखि पूर्वी क्षेत्रमा रहेको विद्रोही नियन्त्रित ठाउँमा शनिबार भएको हवाई आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

अनुगमनकर्ताले दिएको जानकारीअनुसार दमासकस र घोउटाको पूर्वी क्षेत्रका विभिन्न ठाउँमा विद्रोहीलाई लक्षित गरी आक्रमण गरिएको थियो ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले हवाई आक्रमणमा परी मृत्यु हुनेमा बालबालिका र महिला गरी १० रहेका छन् ।

Sagarmatha

पछिल्ला केही दिनदेखि सिरियाली सेनाले विद्रोही विरुद्धको आक्रमणलाई तीव्र पार्ने घोषणा गरेको थियो ।

अलकायदा आबद्ध नुस्रा फ्रन्ट र अरू जिहादी समूहले पनि गत आइतबारदेखि आत्मघाती हमला र त्यस्तै अन्य आक्रमण सुरु गरेका छन् । शनिबार बिहानै पूर्बी दमासकसमा बाक्लो धुवाँ देखिएको थियो ।

दुवै ठाउँमा भएका आक्रमणलाई जेनेभामा भइरहेको वार्ताका लागि सिरिया सरकारलाई दिइएको दबाबका रुपमा हेरिएको छ ।

भर्खर केही दिनअगाडि मात्रै हामा प्रान्तको कोकाब सहरलाई सिरियाली सेनाले विद्रोहीको कब्जाबाट निकालेर आफ्नो नियन्त्रणमा लिएको थियो ।

सिरियाली सेनाले कोकाब सहरलाई आफ्नो नियन्त्रणमा लिने बेलामा भएको भिडन्तमा कम्तीमा ४० जना विद्रोहीको मृत्यु भएको अधिकारकर्मीले जनाएका छन् ।

सिरियाको राज्य नियन्त्रित समाचार संस्था सानाले जनाएअनुसार सिरियाली सेनाले हामा प्रान्तको उत्तरी क्षेत्रमा पनि विद्रोही विरुद्धको आक्रमणलाई तीव्र पार्ने अपेक्षा गरिएको छ ।

इस्लामिक स्टेट (आइएस) लडाकुको नियन्त्रणमा रहेको अलेप्पो प्रान्त उत्तरी क्षेत्रलाई पनि सिरियाली सेनाले आफ्नो नियन्त्रणमा लिएको सानाले जनाएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : १३ चैत्र २०७३, आइतबार  ११ : २० बजे