२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

ताइवानमा बर्डफ्ल्युको सङ्क्रमण


१३ चैत्र २०७३, आइतबार  

0
Shares

 

ताइपेई, १३ चैत । ताइवानको सरकारले दुईवटा पोल्ट्री फार्ममा फेरी बर्डफ्ल्यु सङ्क्रमित कुखुरा भेटिएको जनाएको छ ।

बर्डफ्ल्युको सङ्क्रमण अन्यत्र फैलिन नदिन दुवै फार्मका झन्डै १४ हजार कुखुरा एकै ठाउँमा राखिएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

ताइवानकै ताइनान सहरमा पनि शनिबार एउटा कुखुरा फार्ममा एच फाइभ भाइरस सङ्क्रमित कुखुरा भेटिएपछि झन्डै आठ हजार कुखुरा मारिएको थियो ।

Sagarmatha

ताइवान फिरन्ते चराहरू बढी आवतजावत देशका रूपमा चिनिन्छ । त्यसैले यहाँ यस वर्ष मात्रै १५ प्रकारका फ्ल्युको सङ्क्रमण भएको बताइएको छ । रासस÷सिन्ह्वा

प्रकाशित मिति : १३ चैत्र २०७३, आइतबार  ११ : २४ बजे