६ असार २०८३, शनिबार | Sun Jun 21 2026

किन चुनाव बहिस्कार गर्दै छन् टेकानपुरबासी ? यस्ता छन् कारण



ओखलढुंगा, १८ चैत । ओखलढुंगाको सापवक बरुणेश्वर गाविस ८ टेकानपुरका स्थानीण्यले चुनाव बहिस्कार र्गे भएका छन् । स्थानीय तह पुनसंरचनामा सदरमुकामसँग जोडएको गाउलाई मोलुङ गाउँ पालिकामा राखिएको भन्दै लामो समयदेखी विरोधमा रहेका उनीहरु प्रशासनले वेवास्ता गरेपछि चुनाव बहिस्कार सम्म पुगेका हुन् । दुई पटक जिल्ला समन्वय समिति र प्रशासनमा ज्ञापन पत्र बुझाए पनि नसुनेपछि उनीहरुले टेकानपुरमा कुनै राजनीतिक गतिविधी हुन नदिने र चुनाव बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।


सिद्धिचरण नगरपालीकासँग जोडिएको उक्त गाउँलाई १९ किलोमिटर पश्चिमकेन्द्र रहेको मोलुङ गाउँपालिकामा तत्कालीन समन्वय समितिले नियतबस राखेको उनीहरुको आरोप छ । ज्ञपन पत्र उनिहरुले यस अघि गत चैत्र ६ गते जिल्ला प्रशासन र जिल्ला समन्वय समितिमा आम समुदायको हस्ताक्षर सहितको जानकारी गराई सकेका थिए । ज्ञापन पत्रमा जिल्ला समन्वय समितिले पठाएको पछिल्लो निर्णय काहाँ र कसरी त्रुटि भएको हो सत्य तथ्य जनता सामु ल्याउन तथा २४ घन्टा भित्र राज्य पुनसंरचनाको पछिल्लो निर्णय जस्ताको तस्तै सम्बोधन हुनुपर्ने माग गरिएको छ । स्थानीयको मागबारे सबै दललाई जानकारी गराउ पनि चासो दिएका छैनन् ।
नेकपा एमालेका जिल्ला अध्यक्ष मोहन कुमार श्रेष्ठले स्थानीयको माग सहि भएकाल् सम्बोधन गर्नु पर्ने बताए । उनले दलहरुलाई पनि ज्ञापन पत्र आएको बताउँदै उनले सदरमुकाम आउन २० मिनेट लाग्ने ठाउँ १९ किलोमिटर पश्चिमतिरको गाउँ पालिकामा जोडिनु न्यायसंगत नभएको बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७३, शुक्रबार  ४ : ०७ बजे