१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

पाँचलाख बालबालिकाले युरोप पुग्न मानवतस्करको सहायता लिएको राष्ट्रसङ्घको दाबी



स्वीट्जरल्यान्ड, १८ भदौ । संयुक्त राष्ट्रसङ्घको बालबालिकाको शिक्षा तथा अन्य अधिकारका लागि कार्यरत संस्था युनिसेफले शुक्रबार एक तथ्याङ्क सार्वजनिक गर्दै युरोपलाई गन्तव्य बनाएका करिब पाँच लाख बालबालिका एक वर्षको अवधिमा युरोप आउन मानवतस्करको सहायता लिएको जनाएको छ ।

सन् २०१५ भर युरोप आउन चाहने बालबालिकाले मानवतस्करसँग मिलेर असुरक्षित यात्रामार्फत युरोप पुगेका युनिसेफको शुक्रबार सार्वजनिक तथ्याङ्कमा बताइएको छ ।

सन् २०१६ को सुरुवातसँगै युरोप छिर्नमा कडाई गरिएपछि विभिन्न देशबाट युरोप पुग्ने आप्रवासीको सङ्ख्यामा निकै गिरावट आए पनि बालबालिकालाई चोरबाटो युरोप पु¥याउने र घरायसी काममा लगाइने गरेको बताइएको छ ।

उनीहरुले मानवतस्करलाई आफ्नो गन्तव्यमा पु¥याउन तीन हजार युरो तिर्ने गरेको समेत युनिसेफले बताएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : १८ भाद्र २०७३, शनिबार  ५ : ५३ बजे