२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

झडपमा ३० तालिवान लडाकू मारिए


२६ भाद्र २०७४, सोमबार  

0
Shares

अफगानिस्तान, २६ भदौ । अफगानिस्तानको पूर्वी प्रान्त नुरिस्तानमा सरकारी बल र तालिवान समर्थक लडाकूबीच भएको झडपमा परी ३० भन्दा बढी तालिवान आतंककारी मारिएका वरिष्ठ प्रान्तीय अधिकारीले सोमबार जानकारी दिएका छन् ।
नुरिस्तान प्रान्तको अशान्त जिल्ला बार्ग ई मतालमा सोमबार बिहान भएको यस झडपमा करिब ३० तालिवान आतंककारी मारिएका छन् भने तीन सुरक्षा अधिकारी घाइते भएका प्रान्तीय गभर्नर हाजिफ अब्दुल कयुमले जानकारी दिएका छन् । सिन्हवा

प्रकाशित मिति : २६ भाद्र २०७४, सोमबार  ३ : ४१ बजे