काठमाडौं, ३ असोज । प्रदेश नम्बर २ का ८ जिल्लाका अधिकांश स्थानीय तहमा सोमबार रातिदेखि नै मतगणना सुरु भएको छ । सुरुवाती रुझानमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राजपा, संघीय फोरम र लोकतान्त्रिक फोरमसहित ६ वटा दलका उम्मेदवारहरु सतहमा देखापरेका छन् ।
सोमबार निर्वाचन सम्पन्न भएका १३६ स्थानीय तहमध्ये अधिकांश तहको मतगणना मंगलबार बिहानबाट सुरु हुनेछ भने केही स्थानीय तहको सोमबार रातिदेखि मतगण्ना सुरु भएको छ । कतिपयमा भने सर्वदलीय बैठकहरु भइरहेका छन् ।

निर्वाचन आयोगका अनुसार सोमबार रातिदेखि ७० वटा स्थानीय तहको मतगण्ना सुरु भएको छ । मंगलबार बिहान थप ६० वटामा मतगणना सुरु हुने आयोगले जनाएको छ । राजविराज नगरपालिकामा भने ५ गतेपछिमात्रै मतगणना हुनेछ ।
मंगलबार बिहान ८ बजेसम्मको मतांकका आधारमा हेर्दा अधिकांश स्थानीय तहमा विभिन्न ६ वटा दलवीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
मंगलबार बिहानसम्म सिरहाको लाहान नगरपालिकामा नेपाली कांग्रेस, एमाले र राजपावीच प्रतिस्पर्धा देखिएको छ । लाहानको मेयर पदका लागि कांग्रेसले ३६२ मत ल्याउँदा एमालेका उम्मेदवारले ३२५ मत ल्याएका छन् । राजपाका उम्मेदवारले २९५ मत ल्याएका छन् ।
मंगलबार बिहान ८ बजेसम्म केही स्थानीय तहको प्रारम्भिक गणना यस्तो छ ।
सप्तकोशी नगरपालिका, सप्तरी
माओवादीः १६५
एमालेः १४५
लोकतान्त्रिक फोरमः १८
लाहान नगरपालिका सिराहा
कांग्रेसः ३६२
एमालेः ३२५
राजपाः २९५
कल्याणपुर नगरपालिका, सिरहा
कांग्रेसः १६२
राजपाः २१३
माओवादीः ७६
बर्दिबास नगरपालिका, महोत्तरी
कांग्रेसः ३५०
एमालेः १८८
राजपाः १५२

मिथिला नगरपालिका, धनुषा
एमालेः ३१४
कांग्रेसः २४३
संघीय फोरमः १६३
ठोरी गाउँपालिका पर्सा
एमालेः १३१
माओवादीः १३०
कांग्रेसः २७
परोहा नगरपालिका, रौतहट
कांग्रेसः ६६
माओवादीः १९
एमालेः ४
गणेशमान चारनाथ नगरपालिका, धनुषा
माओवादीः १९४
संघीय फोरमः १५८
कांग्रेसः १२०







