२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सप्तरीका २ वडामा राजपाको प्यानलै विजयी


४ आश्विन २०७४, बुधबार  

0
Shares

राजविराज, ४ असोज । सप्तरीको हनुमानगर ककालनी नगरपालिका २ वडामा राजपाको प्यानलै विजयी भएको छ । वडा २ सकरदही र तिलाठी कोइलाडी गाउँपालिकाको वडा ८ मा राजपाले वडा अध्यक्ष सहित प्यानलै विजयी भएको हो ।
नगरपालिकाको वडा २ मा सन्तोष गोइतले २४२ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी संघीय समाजवादी फोरम नेपालका सहिन मगरदैता यादवले ११० मत ल्याएका छन् । त्यस्तै गाउँपालिकाको वडा ८ मा राजपा नेपालका लक्ष्मी खग मण्डल वडा अध्यक्ष सहित प्यानलै विजयी भएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका–१ मा नेकपा (एमाले) का अध्यक्ष पदका उम्मेदवार नारायणप्रसाद आचार्यको प्यानल नै विजय भैसकेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार राजविराज नगरपालिका–१५ का वडाध्यक्षका उम्मेदवार महन्थी यादवको भदौ ३१ गते मृत्यु भएपछि उक्त वडामा बिहीबार असोज ५ गते मतदान हुने भएपछि राजविराज नगरपालिकाको मतगणना कार्य शुरु हुन नसकेको हो । अहिले १७ वटा स्थानीय तहमा मतगणना भैरहेको छ ।
मतगणना परिणाम अनुसार मुख्य ५ दलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच तीव्र प्रतिस्पर्धा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७४, बुधबार  ६ : ०६ बजे