२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

मतपरिणाम अपडेटः प्रदेश न. २ मा काङ्ग्रेस अगाडि, माके दोस्रो स्थानमा उक्लियो


६ आश्विन २०७४, शुक्रबार  

0
Shares

काठमाडौं, ६ असोज । तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश न. २ मा नेपाली काङग्रेसले अग्रता कायमै राखेको छ । काङ्ग्रेसले १५ स्थानीय तहमा विजय हासिल गरेर पहिलो स्थानलाई कायमै राखेको हो । काङग्रेस २४ स्थानीय तहमा अगाडि छ । ९ स्थानीय तहमा विजय हासिल गर्दै दोस्रो स्थानमा माओवादी केन्द्र उक्लिएको छ । माके १६ स्थानीय तहमा अगाडि छ । राजपा नेपालले ७ स्थानमा विजयी हासिल गर्दै तेस्रो स्थानमा छ । राजपा १३ स्थानीय तहमा अगाडि छ । ६ स्थानीय तहमा विजयी हासिल गर्दै चौथोमा संघिय समाजवादी फोरम छ । फोरम १० स्थानीय तहमा अगाडि छ । नेकमा एमाले ५ स्थानीय तहमा विजयी हासिल गर्दै पाँचौ स्थानमा धकेलिएकव छ । एमाले १६ स्थानीय तहमा अगाडि छ ।

प्रकाशित मिति : ६ आश्विन २०७४, शुक्रबार  ३ : ५१ बजे