२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

कमै व्यक्तिमा रुद्र दाईको जस्तो मन हुन्छ : अध्यक्ष राई [भिडियो सहित]


बुद्धवीर बाहिङ

१५ माघ २०७४, सोमबार  

203
Shares

काठमाडौं । माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले समाजसेवी तथा सफल व्यवसायी रुद्रबहादुर विश्वकर्माको जस्तो मन कमै व्यक्तिमा हुने बताएका छन् । स्वास्थ्य चौकी बासालाई जेनेरेटर वितरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष राईले यस्तो बताएका हुन् ।
‘आर्थिक उपार्जन गर्ने सबै व्यक्तिमा सामाजिक भावना हुँदैन, आर्थिक उपार्जन गर्ने व्यक्ति कसैले ५ हजार रुपैयाँ दियो भने ५ रातसम्म ननिदाउँने पनि यहि समाजभित्र बसेका छौं ।’ अध्यक्ष राईले भने, ‘यस्तो सहयोगी मन र भावना कमैमा हुन्छ, सहयोगी विश्वकर्माको धेरै ठाउँमा समाजिक योगदान र सामाजिक मन व्यवहारमा देखेको छु, तपाईको समामाजिक भावना सिङ्गो समाजले उदाहरण रुपमा लिनु पर्छ ।’
https://www.youtube.com/watch?v=coHixrQ3b_I
समाजसेवी तथा सफल व्यवसायी रुद्रबहादुर विश्वकर्माले आफू जन्मेको गाउँको स्वास्थ्य चौकीको नाजुक अवस्था देखेर आपत्कालिन समयमा पनि बिरामीको राम्रोसँग उपचार गर्न सकियोस भनेर जेनेरेटर प्रदान गरेको बताए । ‘मेरो भाई गाउँ जाँदा बिरामी भयो, गाउँको स्वास्थ्य चौकी लगियो तर बिजुली नहुँदा राती टर्च लाईट बालेर उपचार गरिउ’ विश्वकर्माले भने, ‘रातको समयमा आपत्कालिन बिरामीलाई अस्पतालमा उपचार गर्न सहज होस भनेर मैले जेनेरेटर दिने निर्णय गरेको हो ।’

स्वास्थ्य चौकी बासाका प्रमुख जितेन्द्रकुमार यादवले अस्पतालले साविकको काँकु, बासा वाकुका सेवाग्रागीलाई सेवा दिइरहेकाले अहिले त झन गाउँपालिकालाई नै सेवा दिनु पर्ने भएकाले दाताले सही समयमा जेनेरेटर प्रदान गरेको बताए । स्वास्थ्य चौकीमा विद्युत भए पनि स्थायी रुपमा परिपूर्ति नहुँने हुँदा रातको समयमा आएका बिरामीलाई टर्च लाईट बालेर उपचार गरेको समेत यादवले बताए ।

पेट्रोलबाट चल्ने साँढे ६ किलोवाट क्षमता भएको जेनेरेटरको मूल्य ८० हजार बराबर रहेको छ । अस्पतालमा जेनेरेटर भएपछि रातको समयमा आउने आपत्कालिन बिरामीहरुलाई थप सुविधा हुने समेत स्थानीयको भनाई छ ।


भिडियो हेर्न तलको लिङकमा क्लिक गर्नुहोस । 
https://www.youtube.com/watch?v=S0nfybCcmWg&feature=youtu.be

प्रकाशित मिति : १५ माघ २०७४, सोमबार  ५ : ४३ बजे