२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

अफ्रिन आक्रमणमा ७ सय ९० लडाकू मारिए


सिन्ह्वा

१८ माघ २०७४, बिहिबार  

91
Shares

टर्की । सिरियाको अफ्रिन जिल्लामा टर्कीको सैनिकले गत जनवरी २० देखि गरेको सुरक्षा कारबाहीमा अहिले सम्म ७ सय ९० जना मारिएका छन् ।

फाईल तस्वीर
मारिनेमा कुर्दीस डेमोक्र्याटीक युनियन पार्टी (पीवाईडी), पिपल्स प्रोटेक्सन युनियन (वाईपीजी) र इस्लामिक स्टेट (आइएस) का सदस्यहरू रहेको टर्कीका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
बुधबार र विहीबार रातभरीमा टर्कीको सुरक्षा फौजले आश्रयस्थल, आतङ्कारीहरूको हातहतियार लगायत नष्ट गरिदिएका छन् ।
आक्रमणकारीहरूले १८ भन्दा बढी आतङ्कवादीहरूलाई लक्षित गरी आक्रमण गरिएको थियो भने ७८ लडाकूद्वारा गरेको आक्रमण विफल गराइएको छ ।
अन्तराष्ट्रिय कानुन र राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रतिवद्धता अनुसार नै कुनै आम नागरिकलाई असर नपारी भइरहेको सुरक्षा निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १८ माघ २०७४, बिहिबार  ४ : १७ बजे