२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

बस दुर्घटनामा १९ को मृत्यु, २५ घाइते


सिन्ह्वा

७ चैत्र २०७४, बुधबार  

91
Shares

फिलिपिन्स । पिलिपिन्सको साब्लायन भन्ने ठाउँमा भएको बस दुर्घटनामा परी १९ जना यात्रुको मृत्यु भएको छ ।
मंगलबार राति राजमार्गमा गुडिरहेको बस दुर्घटनामा परेको थियो । अन्य २५ जना घाइते भएका अधिकारीले जानकारी दिएका छन् ।
उनीहरुले स्थानीय समयअनुसार राती ९.३० बजे दुर्घटना भएको बताएका छन् ।

गुडिरहेको बसका चालकले नियन्त्रण गुमाएपछि बस दुर्घटनामा परेको प्रकोप जोखिम व्यवस्थापन नगर कार्यालय साब्लायनका प्रमुख अक्रिस पनिल्लोले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएकाहरुलाई नजिकैको स्थानीय अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार  ११ : ४६ बजे