सोलुखुम्बु । यो वर्ष हिमाल आरोहणका लागि ६ समुहले अनुमति लिएका छन् । यसरी अनुमति लिने समुहमध्ये पाँच सगरमाथा र एकले लोत्से आरोहण गर्ने गरी अनुमति लिएका हुन् ।
हिमाल आरोहणको सिजन सुरु भएसँगै पर्यटकहरु सगरमाथा आरोहणका लागि नाम्चेबाट उकालो लागेका छन् । एक्सपिडिशनहरुको पूर्व तयारीसंगै अहिले आरोहीहरु आधार शिविर पुग्न थालेका हुन् ।
अहिले सम्म उक्त आधार शिविर प्रयोग गरि आरोहण हुने तीन हिमालका लागि ५ समुहमा सगरमाथा प्रदुषण तथा नियन्त्रण समिती (एसपिसिसि) नाम्चेबाट अनुमति लिइ उकालो लागेका छन् । त्यसमध्ये ५ आरोहण दलबाट सगरमाथा आरोहणका लागि अनुमति लिईसकेको सगरमाथा प्रदुषण तथा नियन्त्रण समिति (एसपिसिसि) का कार्यक्रम अधिकृत कपिन्द्र राईले बताए । त्यस्तै, एक आरोहण दलमा १० जना ल्होत्से हिमाल आरोहणका लागि अनुमति लिएर सगरमाथा आधार शिविरतर्फ लागेका छन् । अहिलेसम्म नुप्त्से हिमाल आरोहणका लागि कोहि पनि सम्पर्कमा नआएको एसपिसिसिले जनाएको छ । एउटा आरोहण दलमा १ देखि १५ जनासम्मले अनुमति लिन पाउँछन् ।
सगरमाथा, ल्होत्से, नुप्त्से हिमाल आरोहण गर्न आएका पर्यटकहरु ठुला हिमाल आरोहण गर्नु अघि तयारी स्वरुप साना हिमाल अर्थात् पिकहरु आरोहण गर्छन् । पर्यटकहरु अभ्यासका लागि साना पिकहरुको आरोहण गर्ने गर्दछन् । अहिले सगरमाथाको बाटो निर्माण कार्य पनि जारी रहेकाले उनीहरु अभ्यासमा केन्द्रित हुने गर्दछन् । अघिल्लो वर्ष ५७ वटा आरोहण दलले सगरमाथा, ल्होत्से, नुप्त्से हिमाल आरोहणको अनुमति लिएका थिए । जसमा ४२ वटा आरोहण दलले सगरमाथा, १२ वटा आरोहण दलले ल्होत्से र ३ वटा दलले नुप्त्से हिमाल आरोहणको अनुमती लिएका थिए । यो वर्ष पनि आरोहणको लागि अनुमति लिन आउनेक्रम जारी रहेको छ । अहिले आमाडब्लमको लागि एउटा ग्रुपले अरोहणको अनुमति लिएको छ । आरोहण दलमा ९ जना आरोहिहरु रहेका छन् ।
बिश्वको सर्बाेच्च शिखर सगरमाथा सहित अन्य दुइ हिमालका लागि समेत एउटै प्रयोग हुदै आएको आधार शिविर आरोहणको समयमा भरिभराउ हुने गर्दछ । हिमाल आरोहण सुरु नभए पनि आफ्ना आरोहीलाइ ब्यबस्थीत रुपमा राख्नका लागि क्याम्प खडा गर्न एक्सपिडिशन कम्पनीहरुलाई भ्याइनभ्याइ छ ।
सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहणका लागि पाँच हजार तीन सय ६४ मिटरको उचाइमा रहेको एउटै आधार शिबिर साझा रुपमा प्रयोग गर्ने गरिएको छ । तीन वटै हिमालको आधार शिविर एउटै भएकाले पनि आरोहणको मौसममा भीड हुने आधार शिविरमा सरकारका सम्पर्क अधिकृतको रुपमा खटिएका ज्ञानेन्द्र श्रेष्ठले बताए ।







