६ असार २०८३, शनिबार | Sun Jun 21 2026

नमुना गाउँ घोषणा गर्न पर्यटकलाई शुल्क



डडेल्धुरा, १२ भदौ । डडेल्धुरा मष्टामाडौँको एक गाउँलाई नमुना गाउँ वनाउन आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवेश शुल्क लागाउने निर्णय भएको छ ।

मष्टामाडौँका–१ गर्खावासीले साँस्कृतिक विविधताका साथै सबै भौतिक पूर्वाधार पुरा भएकाले यस गाउँलाई नमुना गाउँ बनाउन बाह्य तथा आन्तरिक पर्यटकलाई प्रवेश शुल्क लगाइने निर्णय भएको पर्वतीय जलाधार जलवायु परिवर्तन समयानुकूलन आयोजना गर्खा समूहका अध्यक्ष चन्द्रबहादुर बोहराले बताउनुभयो ।

यही भदौ ११ गते शनिबार बसेको समयानुकूलन समूहको बैठकले सबै किसमका अन्नबाली उत्पादन हुने र पर्यटकको रुचि अनुरुपका खानेकुरा खुवाउन सकिने भएकाले पर्यटकलाई आकर्षण गर्नका लागि पनि नमुना गाउँ बनाउने प्रयासमा लागेको उहाँको भनाइ छ ।

Sagarmatha

सबै जातजातिको बसाइ रहेको गर्खा गाउँमा करिब ४५ परिवार छन् । रासस

प्रकाशित मिति : १२ भाद्र २०७३, आइतबार  ७ : ५४ बजे