१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

उत्तर कोरियाली नेता उन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच सीधा कुराकानी



काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सीधा कुराकानी भएको छ । अमेरिका र उत्तर कोरियाबीच औपचारिक शिखर वार्ताको तयारी भइरहेका बेला ट्रम्प र उनबीच सीधा सम्पर्क भएको हो ।

शीखर वार्ताको गृहकार्यका लागि अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख माइक पोपियो उत्तर कोरिया पुगेका छन् । माइक पोपियोको यही भ्रमणको क्रममा ट्रम्प र उनबीच कुराकानी भएको हो ।
वाशिङटन पोस्टका अनुसार ट्रम्पले भनेका छन्, ‘हामीले निकै उच्चस्तरमा सीधा कुराकानी गरेका छौं ।’ ट्रम्पका अनुसार शीखर वार्तालाई ऐतिहासिक बनाउने प्रयासमा अमेरिका र उत्तर कोरियाका अधिकारीहरुबीच पनि वार्ता भइरहेको छ ।
अमेरिका र उत्तर कोरियाबीच औपचारिक वार्ताका लागि पाँच स्थानको विकल्प राखिएको छ । तर, कहाँ वार्ता गर्ने भन्ने अझै निश्चित भइसकेको छैन ।

प्रकाशित मिति : ५ बैशाख २०७५, बुधबार  ३ : ०१ बजे