२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सगरमाथा चढ्ने मात्र होइन सरसफाई पनि गर्नुपर्छ : पर्यटनमन्त्री अधिकारी [भिडियो सहित]

आँट र विश्वास भए कुनै कुरा असम्भव छैन : आरोही शेर्पा


बुद्धवीर बाहिङ

१८ जेष्ठ २०७५, शुक्रबार  

518
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सगरमाथा आरोहीले अब हिमाल मात्र आरोहणसँगै सरसफाई पनि गर्नु पर्ने बताएका छन् । सगरमाथा आरोही दिकी शेर्पाको सम्मान कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले पछिल्लो समय सगरमाथामा फोहोर बढेकाले आरोहणसँगै सरसफाई गर्नुपर्ने बताएका हुन् ।

मन्त्री अधिकारीले नेपालमा पर्यटन चाहे अनुसारको भित्र्याउनु नसक्नु तीन कारण पत्ता लगाएको बताए । नेपालमा पर्यटन नआउनुको पहिलो कारण प्रदुषण, दोस्रो सडक र तेस्रो कारण अस्तव्यस्तथा भएको बताएका छन् । नेपालीहरुको मानसिकतामा पर्यटन नआउनुको कारण होटल र विमानस्थल भएको प्रचार गरिएपनि यीनीहरुको चौथो र पाँचौं कारण हुनसक्ने बताएका हुन् ।
‘अब हामी सबैको ध्यान सगरमाथालाई कसरी सफा बनाउने तर्फ जानुपर्छ’ मन्त्री अधिकारीले भने । आरोहीको नेपालमा सम्मान नभएको भन्ने गुनासोलाई अधिकारीले पहिलो सगरमाथा आरोही तेञ्जिङनोर्गे शेर्पालाई संकेत गर्दै भने, ‘तेञ्जिङको अर्को नागरिकताको कुरा भयो, म के आग्रह गर्न चाहान्छु भने, सबैभन्दा पहिला आफैमा देशभक्ति हुनु पर्दछ, राष्ट्रभक्ति हुनुपर्दछ, आफ्नो माटोको माया गर्नुपर्दछ, जतिसुकै कङगाल र गरिब भएपनि आफ्नो आमा संसारमा त्योभन्दा ठूलो अरु केहि हुँदैन भन्ने ठान्नु पर्दछ, यस्तो कुरा सोचेर बस्ने हो भने अरु कुरा सामान्य हुन् ।’
भिडियो हेर्न तल क्लिक गर्नुहो ।
https://youtu.be/BsSWoMNx0ts
सांसद यज्ञराज सुनुवारले सगरमाथा आरोही दिकी शेर्पाले डेढ करोड महिलाहरुको शीर ठाडो पार्ने साहसिक काम गरेको बताए । सांसद सुनुवारले आरोही शेर्पाले ओखलढुंगा जिल्लाको नामलाई समेत उच्च राखेकोमा खुशी व्यक्त गरे ।

सांसद हेमकुमार राई ‘सुरवीर’ ले आरोही शेर्पालाई बधाई दिँदै सडक चौडा बनाउने नाममा स्व. बाबुछिरि शेर्पाको शालिकलाई हटाउनेप्रति विरोध गरे ।

सगरमाथा आरोही दिकी शेर्पाले सबैको सहयोग, माया र सदभावले विश्वको सर्वोच्च शिखर सगरमाथामा पाईला राख्न सफल भएको बताए । ‘मेरो आरोहणप्रति सबैले चासोका साथ सहयोग, हौसला र माया प्रदान गर्नुहुने तपाई सबैलाई हार्दिक आभार प्रकट गर्दछु’ आरोही शेर्पाले भने, ‘मेरो श्रीमान्को अतुलनीय साथ र सहयोगले गर्दा आज म यो स्थानमा छु, हामीले गर्न नसकिने कुनै काम छैन, तर हामीमा आँट विश्वास चाहिन्छ ।’

कार्यक्रममा पूर्व सभासद रामहरी खतिवडा, नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिवले आरोही शेर्पालाई साहासी महिलाको रुपमा सरकारले सम्मान गर्नुपर्ने बताउँदै काठमाडौं तिलगंगास्थित स्व. बाबुछिरि शेर्पाको शालिक हटाउनेप्रति विरोध जनाउँदै सोही स्थानमा स्व. शेर्पाको शालिक राख्नु पर्ने बताए । कार्यक्रम टुरिजम मिडिया क्लब र ट्रेकिङ गाईड एसोसिएसन अफ नेपालले संयुक्त रुपमा आयोजना गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीबाट सम्मानपत्र ग्रहण गर्दै सगरमाथा आरोही दिकी शेर्पा ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीबाट सम्मानपत्र ग्रहण गर्दै सगरमाथा आरोही दिकी शेर्पा ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार  ५ : ०९ बजे