जोहनेसबर्ग । दक्षिण अफ्रिकाको लिम्पोपोमा भएको बस दुर्घटनामा परी सोमबार कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
दुर्घटनाका कारण अरु ३० जना भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । बस जाम्बियाको रहेको बताइएको छ ।

‘घटनामा परेर ११ जनाको मृत्यु भएको पुष्टी भएको छ,’ एक जना यातायात अधिकृत माकोमा माखुरुपेत्जेले भने । अधिकारीहरुले मृतक तथा घाइतेहरुको पहिचान भइनसकेको बताएका छन् । घाइते मध्ये चालक सहित केही व्यक्तिहरु गम्भीर घाइते भएको उनीहरुको भनाई छ ।
१ आश्विन २०७५, सोमबार
112
Shares







