पाकिस्तान, ९ असोज । पाकिस्तानी तालिवान समूहका उच्च नेता अजाम तारिकको अफगानिस्थानको पूर्वी क्षेत्रमा अवस्थित पक्तिका राज्यमा मृत्यु भएको उक्त समूहले आइतबार बताएको छ ।
अफगानी सुरक्षाकर्मीले शनिबार अपराह्न चलाएको सुरक्षा कारबाहीमा तालिवानी नेता तारिकसहित अन्य चार पाकिस्तानी तालिवान नेताको मृत्यु भएको उक्त समूहले पाकिस्तानी सञ्चारमाध्यमलाई जानकारी दिएको बताइएको छ ।
तालिवान स्रोतका अनुसार कारबाहीमा तारिकसहित उनका एक छोराको पनि मृत्यु भएको छ ।

मृत्यु भएका तालिवानी नेता तारिकले यसपूर्व तेहरिक–ए–तालिवान, पाकिस्तानको प्रवक्ताको रुपमा काम गरेका थिए । रासस/सिन्ह्वा







