अबुजा । आगलागीमा परी नाइजेरियामा शुक्रबार आमा र बच्चासहित कम्तीमा ५ जनाको मृत्यु भएको छ ।
नाइजेरियाको उत्तरपश्चिमी केब्बी राज्यामा भएको सो आगलागीबाट आमासहित उनका ३ र अन्य १ बच्चाको जलेर मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

आगलागीहुँदा सबै जना सोही घरभित्रै रहेका तीन बच्चासहित आमासँगै जलेको र अर्को १ बच्चा भने सो परिवार बाहिरको भएपनि जलेको आवस्थामा भेटिएको जनाइएको छ ।
आपतकालिन व्यवस्था निकायका प्रदेश प्रमुख सानी डोडोडोले विद्युतीय हिटरबाट आगलागी भएको जानकारी दिएका थिए । घटनाका बारेमा थप अनुसन्धान जारी नै रहेको डोडोडोले बताए ।







