सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको साविक तिङ्ला गाविसका नागरिकले तीनै तहको निर्वाचन बहिस्कार गरेका थिए । भौगोलिक हिसाबले गाउँपालिकाको केन्द्र अपायक पर्ने ठाउँमा राखिएको भन्दै आन्दोलनमा होमिएका तिङ्लाबासीले ‘नो भोट, नो क्याण्डिडेट’ नाराका साथ तीनै तहको निर्वाचन बहिस्कार गरेका हुन् । देशको केहि स्थानीय तह, प्रदेश र संघमा उपनिर्वाचन हुने भएको समाचार सार्वजनिक भैरहेका छन् । ती स्थानमा कोहि जनप्रतिनिधी कारवाहीमा परेका छन्, भने कोहिको मृत्यु भएको छ । तर, सोलुदुधकुण्ड वडा ११ तिङलामा भने ‘नो भोट, नो क्याण्डिडेट’का कारण जनप्रतिनिधी विहिन बनेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १४ को दफा १०७ मा व्यवस्था भए अनुसार ‘वडा अध्यक्षको उपनिर्वाचन सम्वन्धी व्यवस्थामा : वडा अध्यक्षको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा कुनै कारणले रिक्त हुन गएमा बाँकी अवधिका लागि उपनिर्वाचनद्धारा रिक्त पदको पूर्ति गरिनेछ’ भनेर लेखिएको छ । यो व्यवस्थालाई आधार मान्ने हो भने तिङ्लामा उपनिर्वाचनको लागि कानूनी ढोका खोलिएको छ ।

माथि लेखिए जस्तै ‘वडा अध्यक्षको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा कुनै कारणले रिक्त भएमा उपनिर्वाचनद्धारा पदको पूर्ति गरिनेछ,’ भन्ने आशयले तिङ्लामा उपनिर्वाचनका लागि कानूनी व्यवस्थाले खुल्ला गरेको छ । जनप्रतिनिधीको कार्यकाल वा अवधि अझै ४ वर्ष छ । एक वर्षभन्दा बढी हुँदा त उपनिर्वाचन गराउने व्यवस्था छ भने झनै ४ वर्ष बाँकी हुदा किन उपनिर्वाचन हुँदैन ?
९ मंसिर २०७५, आइतबार
399
Shares







