भारत । भारत प्रशासीत काश्मिरमा यात्रुबाहक बस दुर्घटना हुँदा शनिबार १३ जनाको मृत्यु भएको छ । बाटोबाट झण्डै ७० मिटर तल खसेर बस दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनामा परेको बसमा २६ जना यात्रु रहेका थिए ।

‘घटनामा परी १३ जनाको मृत्यु भएको छ भने अरु घाइते भएका छन्,’ पाण्डेले एएफपीसँग भने । उनले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको पनि बताए । घाइतेहरुलाई विमानबाट जम्मुमा रहेको अस्पताल लगेर उपचार गराइएको छ । चालकको लापर्वाही, साँधुरो र खराब अवस्थाको सडक लगायतका कारणले भारतमा धेरै यस्ता दुर्घटना हुने गरेका छन् । भारत विश्वमै धेरै सडक दुर्घटना हुने देशमा पर्दछ ।
एक तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष सडक दुर्घटनामा परी औसतमा एक लाख ५० हजार जनाको मृत्यु हुनेगरेको छ ।







