२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

द्वन्द्वका कारण सुडानमा १५ हजार बालबालिका ‘बेपत्ता’


सिन्ह्वा

२८ मंसिर २०७५, शुक्रबार  

91
Shares

जुबा । सुडानमा द्वन्द्वका कारण अविभावक विहिन भएका र बेपत्ता भएका बालबालिकाहरुको सङ्ख्या १५ हजार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार गत पाँच वर्षको अवधिमा ती बालबालिकाहरु आफ्ना आमाबुवा तथा पारिवारिक सदस्यहरुबाट छुटेको तथा वेपत्ता भएको पाइएको छ ।

द्वन्द्वका कारण अरु चालिस लाख मानिस विस्थापित भएका छन्, जसमध्ये अधिकांश बालबालिका रहेको जनाइएको छ । विस्थापित भएका, बाबु आमाबाट छुट्टिएका र बेपत्ता भएका बालबालिकाहरु बलात्कार र अन्य विभिन्न हिंसाबाट पिडित हुने गरेको पनि युनिसेफले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार  ३ : ०० बजे