खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर–५ सप्तेश्वर छितापोखरीमा विजुली वत्ती बलेको छ । अहिलेसम्म अन्धकारमा बस्दै आएका स्थानीयको घरमा बुधबारबाट झिलीमली बिजुली बत्ती बलेको हो ।

सामुदायिक विधुतीकरण र गाउँपालिकाको सहकार्यमा जडान गरिएको बिजुली बत्ती गाउँपालिका प्रमुख भुपेन्द्र राईले स्वीच खोलेर उद्घाटन गरेका छन् । सप्तेश्वर छितापोखरीका ४ सय ४३ घरधुरीमा बिजुली बत्ती वाल्ने योजना अनुसार २ सय ९ घरमा बत्ती बलेको हो । बाँकी घरमा हाउस वायरिङ भईरहेको र लाईन पुग्ने केही स्थानमा रुखहरु फडाँनी (बुस कटिङ) गर्नु पर्ने भएकाले केही समयपछि बाँकी घरहरुमा पनि बिजुली बत्ती बल्ने गाउँपालिका प्रमुख राईले जानकारी दिए ।
बिजुली बत्ती वलेपछि स्थानीयवासी हर्सित भएका छन् । टुकी तथा सोलार वत्ती वाल्दै आएका स्थानीयको घरमा बिजुली बत्ती बल्दा आफूहरु हर्षित भएको स्थानीयवासीले बताएका छन् ।
४ पुस २०७५, बुधबार
70
Shares







