२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

फ्लोरिडाको सवारी दुर्घटनामा सात जनाको मृत्यु


रासस÷एपी०

२० पुस २०७५, शुक्रबार  

7
Shares

फोर्ट लाउडरभिल, अमेरिका – संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राजमार्गमा यात्रुबाहक सवारी साधन र इन्धन बोकेको ट्याँकर एकापसमा जुधेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनाका क्रममा सवारी साधनमा आगो समेत लागेको थियो । उद्धारकर्मीहरुले आगो नियन्त्रणमा ल्याउनुका साथै केही घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय प्रहरीले जनाएको छ । आगलागीका कारण सडकमा समेत क्षति पुगेको छ ।

फ्लोरिडा राजमार्ग अनुगमन कार्यालयका प्रवक्ता प्याट्रिक रिओरडानले आगलागीको कारणबारे अनुसन्धान शुरु गरिएको बताउएको छ । दुर्घटनामा एक परिवारका सबै सदस्य मारिएको भन्दै प्रवक्ता रिओरडानले उनीहरु सवारीसाधन जुधेर मारिएका हुन् वा आगोले डढेका हुन् भन्ने अनुसन्धान भइरहेको जानकारी दिए।

Sagarmatha

प्रकाशित मिति : २० पुस २०७५, शुक्रबार  ११ : ३३ बजे