२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

बलात्कारको आरोपमा वडाध्यक्ष पुर्पक्षका लागि थुनामा


रासस

२४ माघ २०७५, बिहिबार  

455
Shares

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी पुर्पक्षका लागि थुनामा छन् । सोही वडा निवासी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

पीडित महिलाले गत मङ्सिर ६ गते वडाध्यक्ष रेग्मीले आफूलाई बलात्कार गरेको निवेदन इलाका प्रहरी कार्यालयमा दिएपछि फरार भएका रेग्मीले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  ५ : १९ बजे