२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

जम्मु-काश्मिरमा फेरि गोली हानाहान, ४ सैनिकको मृत्यु


६ फाल्गुन २०७५, सोमबार  

336
Shares

काठमाडौं । जम्मु-काश्मिरको सोमबार बिहान फेरि गोली हानाहान हुँदा भारतीय सेनाका ४ जनाको मृत्यु भएको छ । एक जना सैनिक घाइते भएका छन् । पुलवा जिल्लाको पिंगलेना भन्ने स्थानमा विद्रोही लडाकुहरु लुकेर बसेको सूचना पाएपछि सेना सो क्षेत्रमा परिचालित भएको थियो । त्यहीबेला गोली हानाहान भएको हो ।

फाईल तस्वीर

अहिले गोली चल्न रोकिए पनि सेनाले घेराबन्दी गरेर अपरेशन जारी राखेको छ । प्रहरीका अनुसार सेनाका ५५ आरआर, सीआरपीएफ र एसओजीले संयुक्त अपरेशन सुरु गरेका छन् । गत हप्ता बिहीबार सेनाको एक टुकडीमा विद्रोहीले आक्रमण गरेपछि सेनाको संयुक्त टिमले कारबाही अभियान चलाइरहेको छ ।
केही शंकास्पद क्षेत्रमा सेनाले वार्निङ्ग फायरिङ्ग गरेको थियो । त्यसको जवाफमा लडाकुहरुले पनि गोली चलाए । यस बेला पनि भारतीय सेनाका एक मेजरसहित ४ जना मारिएका थिए । मारिनेमा लडाकुहरु लुकेको घरको मालिक पनि थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ५ : २६ बजे