२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

यूएईमा ट्याक्सी दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु, २ गम्भिर घाइते


२३ चैत्र २०७५, शनिबार  

105
Shares

यूएई । उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी यूनाइटेड अरब इमिरेट्स (यूएई) मा दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।

युएईको आबुधाबीमा भएको दुर्घटनामा निरोज परियार र शान्ति विश्वकर्माको ज्यान गएको हो । परियार नवलपरासी कावासोतीका हुन् भने विश्वकर्माको स्थायी ठेगाना खुलेको छैन । उनीहरु सवार ट्याक्सीलाई कारले ठक्कर दिँदा दुर्घटना भएको निरोजका आफन्त जोतीलाल परियारले बताए ।
जोतीलालका अनुसार, उपचारका लागि आएकी शान्तिलाई बिन जायद सिटीमा छोड्न निरोज गएका थिए । अहिले मृतकको शव खालिफा अस्पतालमा राखिएको छ ।
सोही दुर्घटनामा २ जना घाइते भएका छन् । गम्भीर घाइते २ जनाको अबुधाबीस्थित खालिफा अस्पतालमा उपचार भइरहे पनि परिचय खुल्न सकेको छैन ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  २ : २९ बजे