२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

इन्डोनेसियामा ६.१ म्याग्नीच्यूडको भूकम्पको धक्का


सिन्ह्वा

२५ चैत्र २०७५, सोमबार  

98
Shares

जकार्ता । इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई आइतबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५ सय ७३ किलोमिटर गहिरो भागमा रहेको थियो ।

भूकम्पबाट सुनामीको खतरा नरहेको केन्द्रका अब्दुल रोसिदले बताए । केन्द्रका जमिनको सतहबाट निकै तल्लो भागमा भूकम्पको केन्द्र रहेकाले भूकम्पको धक्का कमजोर महसुस गरिएको पनि रोसिदले जानकारी दिए । इन्डोनेसिया भूकम्पका कारण निकै जोखिममा रहेको मानिन्छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ३ : ४० बजे