२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

थाइल्याण्डका राजाले किन गरे अंगरक्षकसँग विवाह ? थाई नागरिक अचम्मित !


एजेन्सी

१९ बैशाख २०७६, बिहिबार  

357
Shares

एजेन्सी । थाइल्याण्डका राजा महा वजिरालंगकर्नले बुधबार आफ्नै अंगरक्षकसँग विवाह गरेका छन् । राजा वजिरालंगकर्णले उनकै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका हुन् ।

विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ । शनिबार राजा महा वजिरालंगकर्णको राज्याभिषेक हुँदैछ । यही समारोहलाई लक्षित गर्दै राजाले विवाह गरेको बताइएको छ । बुधबार भएको विवाह समारोहबाट अधिकांश थाई नागरिकहरु अचम्ममा परेका छन् । विवाह समारोहको दृश्य थाई टेलिभिजनबाट बुधबार बेलुकामात्रै देखाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।
६६ वर्षीय राजा वजिरालंगकर्न थाइल्याण्डमा लोकप्रिय मानिदै आएका छन् । सन् २०१६ मा उनका पिता राजा भूमिवोल अदुल्यादेजको निधनपछि उनी राजा भएका हुन् । सन् २०१४ मा राजा वजिरालंगकर्नको अंगरक्षकको टिममा उनी समावेश भएकी थिइन् । सुथिडा थाई एअरलाइनको पूर्व–फ्लाइट एटेन्डेन्ट हुन् । राजा वजिरालंगकर्नको यसअघि तीनजनासँग विवाह भएको थियो । तर ती तीनै जनासँग सम्बन्ध बिच्छेद भैसकेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ३ : ४४ बजे