१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

खोलाले बगाएर महिलाको ज्यान गयो



उदयपुर २४ असोज । खोलाले बगाएर उदयपुरको कटारी नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । स्थानीय बेलसोत खोला तर्ने क्रममा बगाएर कटारी नगरपालिका वडा न. ३ की मैया मगरको मृत्यु भएको हो । आईतबार साझ श्रीमान गायान बहादुर मगर सगै खोला तर्दा बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चिरिन्जीवी कोईरालाले जानकारी दिए । साँझ खोलाले दुई जनालाई बगाएको भन्ने प्रहरीलाई सूचना प्राप्त हुनासाथ घटना स्थलमा प्रहरी परिचालन गरिएकोमा स्थानीयको सहयोगमा श्रीमानलाई उद्दार गर्न सफल भएको डिएसपी कोईरालाले बताए । मृतक महिलाको सव पोष्टमाष्टमको लागि कटारी अस्पताल लगिएको छ ।
त्यसैगरी ज्यान मार्ने उद्योगमा सजाय पाएका एक फरार अभियुक्त प्रहरीले आईतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरिसे गाविस वडा नं. ६ बस्ने युवराज मगर रहेका हुन । फरार मगरलाई दशैमा घर आएको मौका छोपेर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । मगरलाई जिल्ला अदालत उदयपुरले ६ बर्ष कैद सजाय तोकेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७३, सोमबार  ५ : १० बजे