२६ कार्तिक २०८३, बुधबार | Wed Nov 11 2026

गलबन्दीकी लजालु अञ्जलीले बहराईनमा खिचिन् ७ बोल्ड तस्वीर


२४ जेष्ठ २०७६, शुक्रबार  

21
Shares

काठमाडौं । अपलोड गरेको केहि घण्टादेखिनै युट्युबको ट्रेन्डिङ १ मा पर्न सफल लोकगीत ‘गलबन्दी’मा लजालु अभिनय गरेकी मोडल अञ्जली अधिकारीले बोल्ड तस्वीर फेसबुकमा पोष्ट गरेकी छन् । कार्यक्रममो शिलशीलामा बहराइन पुगेकी अञ्जलीले हिजो आजको घुमघाम भनेर फोटो पोष्ट गरेकी हुन् ।

प्रकाश सपुतको बोल माया बोलको गीतबाट चर्चाको शिखर चढ्न थालेकी मोडल अधिकारी अहिले प्रकाश सपुतकै गलबन्दी नामक गीतमा लजालु केटिको अभिनयमा देखा परेकी छन् । उनको लजालु अभिनय धेरैले मन पराएका छन् । अहिले युट्युबमा गलबन्दी गीतलाई ८२ लाख ५८ हजार ८ सय ५० भन्दा बढिले हेरिसकेका छन् ।
गायक प्रकाश सपुत र शान्तिश्री परियारले गाएको गलबन्दी गीतमा मौलिक नेपालीपन देखाइएको छ । गीतमा अभिनय गर्ने मुख्य कलाकारमा अञ्जली अधिकारी र प्रकाश सपुत छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  १ : ५७ बजे