२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

सिक्किमका मुख्यमन्त्री गोले गोर्खाल्यान्डको पक्षमा !


१ असार २०७६, आइतबार  

42
Shares

सिक्किम । सिक्कमका नव निर्वाचित मुख्यमन्त्री पी.एस. गोलेले गोर्खाल्याण्ड हुनुपर्ने भन्दै समर्थन गरेका छन् । सिक्किमस्थित सिङलिङमा पत्रकारहरुसँग कुरागर्दै मुख्यमन्त्री गोलेले दार्जिलिङ लगायतका आसपासका क्षेत्रका जनताको माग भारतको संविधान अनुसारनै भएकाले गोर्खाल्याण्ड दिनुपर्ने बताएका हुन् ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथ ग्रहण समारोहमा भाग लिएर फर्किएपछि गोले शनिवार गृहनगर पुगेका थिए । गृहनगर सिङलिङमा पत्रकारहरुसँगको भेटघाटमा लामो समयदेखि गोर्खाल्याण्डको माग भैरहेकाले नेपाली भाषिहरुको क्षेत्रलाई गोर्खाल्याण्ड दिनुपर्ने उनको भनाई थियो ।
‘भारतीय संविधान अन्तर्गत कुनैपनि राज्यलाई दुईवटा राज्य बनाउन सकिन्छ । यो संवैधानिक प्रावधान हो । गोर्खाल्याण्ड माग गर्नु दार्जिलिङको जनताको एउटा नैसर्गिक अधिकार हो । गोर्खाल्याण्डको मागप्रति सिक्किम सरकार पूर्ण रुपले सहयोग गर्न तयार छ’ मुख्यमन्त्री गोलेले भने ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  २ : ०२ बजे