१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

शेर्पा किदुक दोहा कतारको अध्यक्षमा संखुवासभाका तेञ्जी



काठमाडौं । शेर्पा किदुक दोहा कतारको अध्यक्षमा संखुवासभाका तेञ्जी शेर्पा निर्वाचित भएका छन् । शेर्पाको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन् ।

किदुकको वरिष्ठ उपाध्यक्षमा ङवाङफुरी शेर्पा (सोलुखुम्बु), उपाध्यक्षमा रबिन शेर्पा (खोटाङ) र महिला उपाध्यक्षमा ल्हेमी शेर्पा (रामेछाप) निर्वाचित भएका छन् ।

त्यसैगरी महासचिवमा सोनाम शेर्पा (रामेछाप), सचिवमा कैलाश शेर्पा (संखुवासभा), कोषाध्यक्षमा सम्देन शेर्पा (सिन्धुपाल्चोक) र सह कोषाध्यक्षमा पेम्बा शेर्पा (संखुवासभा) निर्वाचित भएका छन् ।

किदुकको सदस्यहरुमा आङदोर्जे शेर्पा (दोलखा), छिरिङ शेर्पा (झापा), आङफुरी शेर्पा (सोलुखुम्बु), पासाङ शेर्पा (तेह्रथुम), छिरिङ शेर्पा (रामेछाप), ङिलु शेर्पा (रामेछाप), लाक्पा शेर्पा (सोलुखुम्बु), ङिमा शेर्पा (सोलुखुम्बु), पेम्बायोल्मो शेर्पा (ईलाम) र पेम्बा शेर्पा (दोलखा) निर्वाचित भएका छन् ।

कार्यसमितिमा विभिन्न विभागका प्रमुख पनि तोकिएको छ । आर्थिक विभाग प्रमुखमा दावा शेर्पा (गाईघाट) र साँस्कृतिक विभाग प्रमुखमा ढेन्जो शेर्पा (सिन्धुपाल्चोक)लाई चयन गरिएको छ ।

त्यसैगरी प्रमुख सल्लाहकारमा आङमिङमार शेर्पा (सोलुखुम्बु) र सल्लाहकारमा शीरपासाङ शेर्पा (दोलखा)लाई चयन गरिएको छ । कार्यसमितिको अवधि ३ वर्षको हुनेछ । नेपालका विभिन्न क्षेत्रबाट रोजगारीको शिलशिलामा दोहा कतारमा काम गरिरहेका शेर्पाहरुले शेर्पा किदुक दोहा कतारको गठन गरेका थिए ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ७ : ४५ बजे