१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

काउन्सिलले कार्वाही गर्ने भएपछि हिमाल एफ.एम.ले भन्न छाड्यो खुम्बु र एभरेष्टको नाम



सोलुखुम्बु । सोलुखुम्बुबाट प्रसारित हिमाल एफ.एम. ९०.२ मेगाहर्ज माथि प्रेस काउन्सिल नेपालले कार्वाहीको प्रक्रिया सुरु गरेपछि रेडियोले एभरेष्ट एफ.एम. र खुम्बु एफ.एम.को नाम लिन छाडेको छ । अस्तित्वमै नभएको रेडियो एभरेष्ट र लामो समयदेखि बन्द भएको खुम्बु एफ.एम.को नाम नलिंदा प्रेस काउन्सिलको कार्वाहीबाट जोगिने भ्रमले हिमाल एफ.एम.ले ती दुवै रेडियोको नाम भन्न छाडेको हो । हिमाल एफ.एमले एउटा झुटको ढाकछोप गर्न अर्को ठूलो झुटको समेत सुरुवात गरेको छ र भनेको छ ‘देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनुभएको छ ।’

सुन्नुहोस् यो लिङ्क

https://www.facebook.com/213711625365644/videos/240014307429076

Sagarmatha

हिमाल एफ.एमले यस अघि कार्यक्रमै पिच्छे ‘नेपालको आधा भूभागमा हिमाल एफ.एम.९०.२ मेगाहर्ज, रेडियो एभरेष्ट ९७.७ र खुम्बु एफ.एम. पनि सुनिरहनु भएको छ भन्दै आएको थियो ।

स्पष्टीकरण पेश गर्न प्रेस काउन्सिल नेपालको पटक पटकको निर्देशनलाई समेत बेवास्ता गर्दै आएको हिमाल एफ.एम.ले पछिल्लो पटक पेश गरेको स्पष्टीकरणमा आफूहरुले हिमाल एफ.एम भन्दा अन्य रेडियोको नाम नलिएको भनी सरासर झुटो बयान दिएको छ । यस अघि सुरुमा बुझाएको स्पष्टीकरणमा ती सञ्चार गृहहरु सञ्चालनमा छन् वा छैनन् भन्ने कुरा तत्तत् सञ्चार माध्यमको जवाफदेहिताको बिषय भएको भन्ने ठाडो जवाफ दिएको थियो ।

यो लिङ्कमा सुन्नुहोस् हिमाल एफ.एम.ले भन्ने गरेको पुरानो कुरा

https://www.facebook.com/213711625365644/videos/323232902264806

हिमाल एफ.एम.ले हुँदै नभएको रेडियोको नाम लिएर स्रोतालाई झुक्याउँदै आएको बिषयमा सगरमाथा अनलाइनले सप्रमाण नियमित रुपमा समाचार प्रकाशन गर्दै आएको छ । हिमाल एफ.एम.का पूर्व प्रमुख कार्यकारी अधिकृत समेत रहेका पत्रकार पी.टी. लोप्चनको जाहेरीको आधारमा हिमाल एफ.एम.को स्वेच्छाचारिता माथि प्रेस काउन्सिलले निगरानी बढाएको हो ।

यो पनि पढ्नुहोस् ।

 

 

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ४ : ५० बजे