काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शन माइतीघरबाट नयाँबानेश्वर आइपुगेको छ । प्रदर्शनमा सहभागीहरू नारा लगाउँदै बानेश्वर आइपुगेका हुन् ।
बानेश्वरमा प्रहरीले प्रदर्शनकारीलाई ब्यारिकेड राखेर रोकेको छ । प्रदर्शनकारीहरूले हातमा विभिन्न नारा सहितका प्लेकार्ड बोकेका छन् ।
भ्रष्टाचार, अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका युवाहरु सामाजिक सञ्जाल नै बन्द गरिएपछि सडकमा उत्रिएका हुन् ।

सडक ढाकेर प्रदर्शन गरेका कारण सवारी आवागमन प्रभावित भएको छ । उनीहरूलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।