२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

सगरमाथा क्षेत्रमा ३३ प्रतिशतले पर्यटक बढ्यो


१८ पुस २०७३, सोमबार  

14
Shares

सोलुखुम्बु, १८ पुस । सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या सन् २०१५ को तुलनामा सन् २०१६ मा ३३.६६ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०१५ मा २७ हजार ४६५ पर्यटकले सगरमाथा क्षेत्रमा भ्रमण गरेकोमा सन् २०१६ मा ३६ हजार ६९४ ले भ्रमण गरेको पर्यटन प्रहरी कार्यालय लुक्लाका प्रहरी सहायक निरीक्षक सरयुग महतोले जानकारी दिए ।
mt-everst-photo

यो सङ्ख्या गत वर्षको तुलनामा नौ हजार २२९ ले बढी हो । २०१५ वर्ष भूकम्प र नाकाबन्दीको कारण सगरमाथा क्षेत्रमा पर्यटकको सङ्ख्या निकै घटेकोमा २०१६ मा समय अनुकूल भएकाले पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए।

Sagarmatha

पर्यटकको सङ्ख्यात्मक वृद्धिसँगै सगरमाथा क्षेत्रका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

प्रकाशित मिति : १८ पुस २०७३, सोमबार  ९ : ५६ बजे