वालिङ, ४ जेठ । स्याङ्जाको चापाकोट नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार शिवकुमार गिरी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार बुद्धिमान श्रेष्ठलाई पराजित गरी विजयी हुनुभएको हो । विजयी गिरीले पाँच हजार ९८९ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले पाँचहजार आठ मत प्राप्त गर्नुभयो ।…