पोखरा, १८ चैत । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीका मतदाता उत्साहित भएका छन् । अहिले चिया पसल, गाउँ, नगरका चोक, चौतारामा निर्वाचनकै चर्चा हुने गरेको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडाबाटै अधिकांश काम हुने भएपछि मतदाता आफनो जनप्रतिनिधि छान्न आतुर देखिएका छन् । राजनीतिक दल पनि मतदातालाई आफनो पक्षमा पार्न वडा÷वडामा…