१ आश्विन २०८२, बुधबार | Thu Sep 18 2025

कैलालीको एक सुधार गृहमा युवकको मृत्यु

धनगढी । कैलालीमा सुधार गृहमा राखिएका एक युवकको मृत्यु भएको छ । गोदावरीको अत्तरियामा रहेको उग्रतारा सुधार गृहमा राखिएका डोटीको जोरायल गाउँपालिका-२ का २८ वर्षीय सागर मल्लको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले मल्लको गएराति उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए…