पोखरा, ११ फागुन । मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएका पोखराका क्रियाशील पत्रकार नारायण शाहीको उपचारार्थ यहाँका सञ्चारकर्मी सङ्गठित भएर आर्थिक सहयोगमा जुटेका छन् । एउटा सहकर्मीको अप्ठेरोमा अर्कोको सहयोग अपरिहार्य हुने भन्दै सुरु गरिएको अभियानअन्तर्गत एकै दिनमा रु ३४ हजार सातसय सङ्कलन गरी पत्रकार शाहीलाई मंगलबार साँझ हस्तान्तरण गरिएको नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीका अध्यक्ष…