लहान, १६ माघ । “न त घरमा एक गाँस अन्न छ, न त लगाउने लुगा नै, कसरी दिन काट्नु ? साह्रै चिन्तामा डुबेकी छु,” यसरी आखाँबाट आँसु झार्दै शम्भुनाथ नगरपालिका–३ नरही टोल बस्ने रुकमैन रामले भनिरहँदा सप्तरी क्षेत्र नम्बर ५ का सांसद तेजुलाल चौधरी एकछिन स्तब्ध बने । आगलागीपछि घरबारविहीन बनेकी रुकमैनलाई गाउँमै भेट्न पुग्नुभएका…