कञ्चनपुर, २९ पुस । कञ्चनपुरको बेलडाँडी नगरपालिकाको दोस्रो नगर परिषद् बिहीबार उद्घाटन गर्नुहँुदै व्यवस्थापिका–संसद्का सांसद दिवान सिंह बिष्टले विकासका कार्यक्रम सञ्चालन गर्नका लागि आफू कटिबद्ध रहेको बताउनुभएको छ । विकास कार्यका लागि पार्टीगत स्वार्थभन्दा माथि उठेर समान तरिकाले कार्य गरेको उहाँले बताउनुभयो । “जिल्लाको दक्षिणी क्षेत्र जोड्ने हुलाकी राजमार्ग, शुक्लाफाँटा आरक्षको स्तरोन्नति गरी निकुञ्जमा परिणत…